राष्ट्रपति विद्यादेवी भण्डारीले मलेसियाका लागि नेपाली आवासीय राजदूत उदयराज पाण्डेलाई ब्रुनाइ दारुसलामका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन्।
नेपालको संविधानको धारा २८२ (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पाण्डेलाई आज नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।