प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदले बोल्न समय नपाएको भन्दै प्रतिनिधिसभाको बुधबारको बैठक अवरूद्ध गरेका छन्।
सभामुख कृष्णबहादुर महरासँग बोल्न समय माग गरे पनि सभामुख महराले माननीय सदस्यहरूले हिजै कुरा राखिसक्नुभयो भनेपछि प्रतिपक्षी दलका सांसदले संसद बैठक अवरूद्ध पारेका हुन्।
कांग्रेस र राजपा सांसदले उठेर विरोध गरिरहेपछि सभामुख महराले असार ३० गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्।