प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुल्मीमा पहिरोका कारण मृत्यु भएकाहरूको परिवारलाई राहत उपलब्ध गराउन र पुनर्स्थापना गर्न सरकारसँग माग गरेको छ।
कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले मंगलबार विज्ञप्ति निकालेर गुल्मी सत्यवती गाउँपालिका लिम्घा र ठूलो लुम्पेक गाउँमा सोमबार राति गएको पहिरोमा परी बेपत्ता हुनेहरूको खोजी गर्न माग गरेका हुन्।
‘पहिरोमा परेर बेपत्ता भएकाको खोजी गरी उद्धार गर्न, विस्थापित र जोखिममा परेका परिवारलाई पुनर्स्थापनाको व्यवस्था गर्न माग गर्दछौं,’ खाँणले भनेका छन्, ‘घाइतेलाई नि:शुल्क उपचार तथा मृतकका परिवारलाई उचित राहतको व्यवस्था गर्न सरकारसँग माग गर्दछौं।’