पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले गोरखा दरबार पुनर्निर्माणमा चासो देखाएका छन्।
२०७२ वैशाख १२ को भूकम्पबाट क्षति पुगेको दरबार भत्काएर अलपत्र छाडिएको छ।
दरबारको अवलोकन गरेपछि भट्टराईले ट्वीट गर्दै पृथ्वीनारायण शाह जन्मे/हुर्केको गोरखा दरबारको दुर्गति देख्नुपरेको उल्लेख गरेका छन्।
‘पृथ्वीनारायण शाह जन्मेको/हुर्केको गोरखा दरबारको यो दुर्गति देख्दा कसको मन नपग्लेला?,’ भट्टराईले लेखेका छन्, ‘पुनर्निर्माणको ठेक्पा पाएको जौवारीको एक जना श्रेष्ठ कम्पनी वर्षौंदेखि गायव छ।’
सत्ताको आडमा उक्त कम्पनीले समयमै काम नगरेको दाबी भट्टराईले गरेका छन्।
‘पुरातत्व विभागका हाकिम वर्तमान सत्ताको आड पाएका यी ठूला माछालाई छोए आफ्नो जागिर जाने डरले थर्थर छन्। छ कोही हिम्मतवाला?,’ भट्टराईले लेखेका छन्।
२०७४ कात्तिक २९ गते दरबार पुनर्निर्माणका लागि पचली सिवा जेभीले ठेक्का सम्झौता गरे पनि अहिलेसम्म जग निर्माणको काम पनि सकिएको छैन।
दरबार यही मंसिर मसान्तभित्र निर्माण सकिसक्नुपर्ने सम्झौता थियो।