नेपाल कम्युनिष्ट पार्टीका नेता माधव कुमार नेपालले कम्युनिष्ट पार्टीले मात्रै देशलाई समृद्ध बनाउन सक्ने दाबी गरेका छन्।
सोमबार धनुषाको बरमझियामा आयोजित शहीद रामवृक्ष यादवको २५ औं पुण्यतिथिको अवसरमा बोल्दै नेता नेपालले कम्युनिष्ट बाहेक अरु पार्टी भ्रष्टाचारमा मात्रै लिप्त रहेको बताएका हुन्।
‘कम्युनिष्ट बाहेक अरु पार्टी भ्रष्टाचारमा मात्रै लिप्त छन्’, उनले भने,‘कम्युनिष्ट बाहेक अरु कुनै पार्टी नै छैन जसले समाजका लागि, देशका लागि र जनताका लागि राम्रो काम गर्न सक्छ।’
कम्युनिष्ट पार्टी नै जनताको भावना अनुसार अगाडि बढ्ने पार्टी रहेको उनले बताए।
नेता नेपालले भने,‘अन्य पार्टीका नेताहरू कुर्सीमा पुग्ने बित्तिकै सरकारी रकम कुम्ल्याउन सुरू गर्छन् तर कम्युनिष्ट पार्टी नै यस्तो पार्टी हो जो जनताको भावना अनुसार अगाडि बढ्ने गर्दछ, के नेताहरू जनताको सेवक बनेर काम गर्ने गर्दछन्।’
लामो संघर्षपछि दुइटा पार्टी एक भएको बताउँदै नेता नेपालले पार्टीलाई अहिले मजबूत बनाउनुपर्ने आवश्यकता रहेको बताए।