प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर डेंगी रोगका बारे जनचेतना फैलाउने भएको छ।
नेपाली कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरणमा प्रकोपका रुपमा फैलिँदै गरेको डेंगी रोगका बारेमा जनचेतना फैलाउने निर्णय गरेको हो।
शुक्रबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकास शर्माले डेंगीबाट हजारौं नागरिकलाई असर परिरहेको बताउँदै अहिले चलिरहेको अभियानमा आवस्यक जनचेतना फैलाउने बताए।
बिहीबार बाँकेमा भएको राष्ट्रिय जागरण कार्यक्रममा नेकपाका कार्यकर्ताले गरेको आक्रमणको कांग्रेसले भत्सर्ना गरेको हो। यो विषयलाई लिएर विरोध प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ।
नेपाली कांग्रेसले भदौ २४ गते देखि देशभर हिमाल, पहाड, तराई मधेस (हिमपात) राष्ट्रिय जागरण अभियान चलाइरहेको छ।