संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई पक्रन प्रहरी उनको निवास बालुवाटार पुगेको छ।
आइतबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर प्रहरी महरालाई पक्रन उनकै निवास पुगेको हो।
महरालाई पक्राउ गर्ने तयारीसहित प्रहरी महरा निवास भित्र छिरेको छ।
सबै तस्बिरहरू : नारायण महर्जन