उत्तर कोरियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विचारहीन र जाली बूढा’ भनेको छ।
सोमबार बरिष्ठ कोरियाली अधिकारी किम योङ चोलले एक विज्ञप्ति जारी गर्दै ट्रम्पलाई विचारहीन र जाली बूढा भनेका हुन्।
यसअघि ट्रम्पले ट्वीट गर्दै उत्तर कोरियाली नेता किम जोङ उनले दुई नेताबीचको विशेष सम्बन्धलाई यत्तिकै टुक्राउन र खराब काम गरी अमेरिकी राष्ट्रपति निर्वाचनलाई असर गर्न नचाहने बताएका थिए।
विज्ञप्तिमा चोलले उत्तर कोरियासँग गुमाउन केही पनि नभएको भन्दै अमेरिकाको कुनै पनि दबाबले आफ्नो देशलाई असर नगर्ने बताएका छन्।
साथै ट्रम्प प्रशासनले आणविक वार्ताका लागि किमले तय गरेको समयअवधि भन्दा अघि झुलाउने निर्णय गर्न लागेको भन्दै आरोपसमेत लगाएका छन्।
भियतनाममा गत फेबुवरीमा ट्रम्प र किमबीच भएको आणविक वार्तामा उत्तर कोरियाले अमेरिकी आणविक हतियार आत्मसमर्पण गर्न माग गरेपछि अमेरिकी टोलीले अस्वीकार गरेको थियो। त्यसयता दुई नेताबीच खटपट बढेको हो।