डाक्टर गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पतालको आइसियूबाट वार्डमा सारिएको छ।
आइसियू बेडको अभावमा सर्वसाधारणलाई समस्या नपरोस् भन्ने हेतुले अन्यत्र सार्न उनले आग्रह गरेपछि वार्डमा सारिएको हो।
चिकित्सा शिक्षा विधेयकमा आफूसँग भएको सहमतिअनुसार व्यवस्था हुनुपर्ने लगायत माग राखेर १२ दिनदेखि डा.केसी अनसनरत छन्।
पुस २५ देखि इलाममा अनसन बसेका डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि शुक्रबार बिहान हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो। उनलाई त्रिवि शिक्षण अस्पतालको आइसियूमा भर्ना गरिएको हो।
उनले आफूलाई अनसन बस्ने ठाउँमा सार्न अनुरोध गरेको चिकित्सकहरूले बताएका छन्।