उत्तरी रसुवाको याङ्याङ पाखामा मालवाहक ट्रक दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बिहान ११:३० बजे सिमेण्ट बोकी रसुवागढीतर्फ जाँदै गरेको ना ५ ख ५२०३ नंको बाह्रचक्के एलपी ट्रक दुर्घटनामा परेको थियो।
घाइतेको रसुवा अस्पतालमा उपचार भइरहेको र थप उपचारका लागि काठमाडौं लाने तयारी भरहेको बताइएको छ ।