नेपाल समाचार पत्रका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ। ६० वर्षीय श्रेष्ठको उपचारका क्रममा बुधबार बिहान १२ बजे नर्भिक अस्पतालमा निधन भएको हो।
पाँच महिनाअघि श्रेष्ठको मृर्गौलाको पत्थरी र नाक शल्यक्रिया गरिएको थियो। त्यसपछि उनलाई जिबिएस भएको थियो।भारतको मेदान्त र राजधानीका विभिन्न अस्पतालमा उनको उपचार गराइएको थियो तर रोग निको भएन।
कामना न्युज प्रकाशन प्रालिका प्रकाशक तथा सम्पादक रहेको श्रेष्ठ तीन दशकदेखि पत्रकारितामा थिए।
अन्तिम श्रद्धान्जलीका लागि उनको शव दिउँसो १ बजेदेखि भूगोल पार्कमा राखिनेछ। उनको आजै अन्त्येष्टी गर्ने पारिवारिक स्रोतले जानकारी दिएको छ।