जिल्लामा एक फरार प्रतिवादी २८ वर्षपछि पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत रुकुमले विसं २०४८ वैशाख ९ गते नौ वर्ष सात महीना सात दिन कैद सजाय सुनाएका ६० वर्षीय मनवीर कामीलाई प्रहरीले २८ वर्षपछि पक्राउ गरेको हो ।
सानीभेरी गाउँपालिका–४ गरायलाका कामीलाई आठबीसकोट नगरपालिका–१४ घेत्मामा परिचय लुकाइ बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
कामीलाई अहिले हिरासतमा राखिएको र सजाय कार्यान्वयनका लागि जिल्ला कारागार पठाइने बताइएको छ ।
(रासस)