लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले काठमाडौंको गोकर्णेश्वरमा लगाइएको ५८०० रोपनी गाँजा खेती नष्ट गरेको छ।
गोकर्णेश्वर नगरपालिका १ मुलखर्क, ओख्रेनी, चलिाउने, गौरीगाउँ, माझगाउँ, कुने र खत्री टोलको गाँजा खेती नष्ट गरेको हो।
गाँजा फडानी गर्न ब्युरोबाट ३० जना र सशस्त्र प्रहरी गण नं. १ का ५० जना सशस्त्र प्रहरी परिचालन भएका थिए। जेठ २७ गतेबाट सुरू भएको गाँजा नष्ट अभियान ३० गते साँझमात्र सकिएको ब्युरोले जनाएको छ।
काठमाडौंका कतिपय ठाउँमा आफैं गाँजा उम्रिने गरेको छ। तर, प्रहरीले भने सो ठाउँमा खेती नै गरिएको बताएको छ।