झापाको कन्काई नगरपालिका ४ स्थित पुर्व पश्चिम राजमर्गमा मोटरसाइकल दुर्घटना हुँदा बिहीबार एक जनाको मृत्यु भएको छ।
पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको मे ३ प ७६६७ नम्बरको मोटरसाईकल अनियन्त्रित भइ सडकको डिभाईडरमा ठोक्किन पुगेको थियो।
दुर्घटनामा मोटरसाइकल चालक भोजपुर नगरपालिका २ हेलोङ्छाका २८ वर्षीय सन्तोष तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ। दुर्घटनामा घाइते भएका तामाङ्गको झापाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।