राप्ती नदीमा बगेर एक जना ८२ वर्षीय वृद्ध बेपत्ता भएका छन्।
लमही नगरपालिका वडा नं. ९ तरुले निवासी ८२ वर्षीय झुपलाल नेपाली राप्ती नदीमा बगेर बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोद विक्रम शाहले शनिबार दिउँसो २ बजेतिर नेपाली राप्ती नदीमा खस्न पुग्दा बेपत्ता भएको बताए।
छिमेकी गाउँ कोलताराबाट आफ्नो घर तरुलेतर्फ आउने क्रममा नेपाली राप्ती नदीमा खसेका थिए।
बेपत्ता नेपालीको खोजी कार्य जारी रहे पनि यो खबर तयार पार्दासम्म फेला पर्न नसकेको प्रहरी प्रवक्ता शाहले जानकारी दिए।