अविरल वर्षापछि आएको बाढीले सडक कटान गरेपछि रसुवास्थित भोटेकोसी नदीमाथिको पुल बगाएको छ।
रसुवागढी जलविद्युत आयोजना आवतजावतका लागि प्रयोग हुँदै आएको बेलिब्रिज पुल आइतबार राति बगाएको प्रमुख जिल्ला अधिकारी अर्जनु भण्डारीले जानकारी दिए।
‘टिमुरेदेखि रसुवागढी जलविद्युत जाने बाटोको पुल बगाएको हो,’ प्रजिअ भण्डारीले सेतोपाटीसँग भने, ‘अब वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने भएको छ।’
नदीमा पानीको सतह बढेकोले किनारा क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको उनले बताए।