सोमबार देखि भारत प्रशासित कस्मिरका मुख्य शहरहरुमा विद्यालय खुले पनि कक्षा कोठाहरु खाली नै रहेका छन्। भारत सरकारले गरेको निर्णयलाई लिएर डरका कारण अभिभावकले विद्यार्थीलाई विद्यालय पठाएका छैनन्।
श्रीनगरमा त्यहाँको अवस्थालाई साम्य पार्नका लागि १६० प्राथमिक विद्यालयहरु खोलिएका थिए। तर अभिभावकले संचारको सुविधा उपलब्ध नभएसम्म र आफ्नो बालबालिकाहरुसँग कुराकानी गर्न सहज नभएसम्म विद्यालय नपठाउने बताएका छन्।
केही बालबालिकाहरुलाई पनि सेनाले पक्राउ गरेको र केही घाइते समेत भएको एक स्थानीयले रोयटर्सललाई बताएका छन्। स्थानीयले आफ्ना बालबालिका आफ्नै घरमा सुरक्षित भएको र बाहिर केही भयो भने जिम्मेवारी कसले लिने भन्ने प्रश्न गरेका छन्।
अधिकारीहरुले भने यसबारे जवाफ दिन मानेका छैनन् र कसैलाई पक्रेको पनि स्विकार गरेका छैनन्। रोयटरका पत्रकार स्थलगत अध्ययनका लागि श्रीनगरका दुई दर्जन विद्यालय गएका थिए, केहीमा कर्मचारी मात्रै थिए त केही माबाहिरैबाट ताला लगाइएका थियो। विद्यार्थी भने आएका थिएनन् ।
श्रीनगरको प्रिजेन्टेसन कोन्भेन्ट उच्च माध्यामिक विद्यालयमा एक हजार मध्य एक जना मात्रै विद्यार्थी उपस्थित भएका थिए। जसलाई पछि घर फर्काएका थिए ।