चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) डिन डा. जगदीश अग्रवालमाथि पत्रकार बताउने एक व्यक्तिले दुर्व्यवहार गरेका छन्।
आइतबार दिउँसो अग्रवालको आफ्नै कार्यालयमा गएर पत्रकार बताउने एक व्यक्तिले मोसो छ्यापेर दुर्व्यवहार गरेका हुन्।
अग्रवालका अनुसार दिउँसो २ बजे ती व्यक्ति कार्यालय आएका थिए। कार्यालय छिरेपछि उनले आफूमाथि कालो छ्यापेको उनले बताए।
‘नेपाली टाइम्सको पत्रकार हुँ, अन्तर्वार्ता लिनु छ भनी पहिलेदेखि फोन गरिरहेका थिए, मैले आज समय दिएको थिएँ,’ अग्रवालले भने, ‘आउनेबित्तिकै कालो छ्यापे अनि भागे।’
आफूमाथि दुर्व्यवहार भएपछि अग्रवालले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले मोसो छ्याप्ने व्यक्तिको खोजी गरिरहेको जनाएको छ।