‘मानव र पृथ्वीलाईसँगै पोषित गर्दै’ भन्ने नाराका साथ पोषण बिस्तार अभियान (‘स्केलिङ अप न्युट्रिशन – सन मुभमेन्ट’) को अन्तर्राष्ट्रिय सम्मेलन आगामी कात्तिक १८ देखि २१ सम्म काठमाडौंमा हुने भएको छ।
नेपाल सरकार र सन मुभमेन्टको संयुक्त आयोजनामा हुन लागेको सम्मेलनमा केही देशका राष्ट्र वा सरकार प्रमुखसहित ८० भन्दा बढी देशका प्रतिनिधिहरु सहभागी हुनेछन् । सम्मेलनका अन्य सहभागीहरुमा संयुक्त राष्ट्रसंघीय निकायका प्रमुखहरु र क्षेत्रीय सँगठन, नागरिक समाज, विकास साझेदार र निजी क्षेत्रका प्रतिनिधिहरु रहुने राष्ट्रिय योजना आयोगले जानकारी दिएको छ।