सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्रबिन्दु बनाएर मंगलबार साँझ भूकम्प गएको छ।
क्षेत्रीय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङको पौवागढी केन्द्रबिन्दु भएर मंगलबार बेलुका ७ः१५ मा ५.७ रेक्टर स्केलको भूकम्प गएको हो।
क्षेत्रीय भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दीपक बस्नेतका अनुसार सुदूरपश्चिम र कर्णालीका सबै जिल्लामा भूकम्पको महसुस गरिएको छ। यसका साथै भारतका केही ठाउँ र प्रदेश नम्बर ५ का केही जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ।
उनले भूकम्पका कारण भएको क्षतिको विवरण आइनसकेको बताए। भारतीय सञ्चारमाध्यमका अनुसार भूकम्पको धक्का नयाँदिल्लीसम्म महसुस गरिएको छ।