अष्ट्रेलियामा जारी बिग ब्यास लिग (बीबीएल) मा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले नवौ विकेट लिएका छन्।
लिगको अन्तिम खेलमा सिड्नी सिक्सर्सविरूद्ध सन्दीपले टोलीका लागि छैठौं विकेट लिने क्रममा आफ्नो पहिलो ओभरको पाँचौ बलमा इंल्याण्डका टोम कुरानलाई एलबिडब्लुको धरापमा पारेका हुन्।
आठौ ओभर लिएर आएका सन्दीपले १ रन खर्चिएर १ विकेट लिएका हुन्।
यो सँगै बिग ब्यासमा छैठौं खेल खेल्दै गरेका सन्दीपले नवौ विकेट लिएका हुन्। यसअघि ५ खेलबाट ८ विकेट लिएका थिए।
टस हारेर पहिले ब्याटिङ गरेको मेलबर्न स्टार्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो।
१६९ रनको लक्ष्य पछ्याएको सिक्सर्सले ८ औं ओभरको दोस्रो बलमै ७ विकेट गुमाएर ५० रनमा खेलिरहेको छ।