अष्ट्रेलियामा जारी बिग ब्यास लिग (बीबीएल) मा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले एघारौ विकेट लिएका छन्।
लिगको अन्तिम खेलमा सिड्नी सिक्सर्सविरूद्ध सन्दीपले ३ विकेट लिने क्रममा ११ रन खर्चिए।
आठौं विकेट लिने क्रममा १२औं ओभरको चौथो बलमा बेन ड्वारस्वीसलाई कप्तान ग्लेन म्याक्सवेलको हातबाट क्याच आउट गराए।
यसअघि आफ्नो पहिलो ओभरमा टोलीका लागि छैठौं विकेट लिने क्रममा ओभरको पाँचौ बलमा टोम कुरानलाई एलबिडब्लुको धरापमा पारेका थिए।
आठौं ओभरमा सन्दीपले १ रन खर्चिएर १ विकेट लिएका थिए भने। व्यक्तिगत दोस्रो ओभरमा ६ रन खर्चिएर कुनै विकेट लिएनन्। तेस्रो ओभरमा १ रन खर्चिएर १ विकेट लिए।
यो सँगै सन्दीपले बिबिएलमा आफ्नो छैठौं खेलबाट १० विकेट लिएका हुन्। सुरूवाती चार खेलमा ८ विकेट लिएका सन्दीपले पाँचौ खेलमा कुनै विकेट लिएनन्।
टस हारेर पहिले ब्याटिङ गरेको मेलबर्न स्टार्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो।