धनगढी प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने १४ जना यु १९ टोलीका खेलाडीले अष्ट्रेलिया भ्रमण गर्न पाउने भएका छन्।
धनगढीमा जारी डिपिएल ३ को प्रदर्शनका आधारमा डिपिएल आयोजक धनगढी क्रिकेट एकेडेमी र स्पोर्टस् एडको संयुक्त पहलमा इमर्जिङ स्टारका १४ जनाको टोलीलाई दुई साताका लागि दक्षिण अफ्रिका भ्रमणमा लगिन लागिएको हो।
आगामी शनिबार डिपिएल समाप्ती भएसँगै १४ सदस्यीय खेलाडीको छनोट गरिनेछन्।
डिपिएलका सद्भावना दूतसमेत रहेका दक्षिण अफ्रिकाका पूर्वक्रिकेट खेलाडी जोन्टी रोड्सले नेपाली युवा खेलाडीलाई दक्षिण अफ्रिका भ्रमणको तारतम्ब्य मिलाउन लागेका हुन्।
दक्षिण अफ्रिकामा नेपाली युवाले प्रान्तीय र स्थानीय उमेर समूहका खेलाडीको टोलीसँग प्रतिस्पर्धा गर्नेछन्।
खेलाडीलाई एक्सपोजरको जरूरि छ, आगामी यु १९ ट्वान्टी ट्वान्टी विश्वकपलाई ध्यानमा राखेर हामीले खेलाडीलाई दक्षिण अफ्रिकाको टुरमा पठाउन लागेको डिसिएका अध्यक्ष सुवास शाहीले बताए।
डिपिएल खाली दुई साताको प्रतियोगितामा मात्र नभएर दीर्घकालिन योजनाका साथ काम गरिएको दाबी गरे।
दक्षिण अफ्रिकामै हुन लागेको यु १९ विश्वकपको तयारीका लागि भनेर हामीले नेपाली युवालाई भ्रमणमा लैजान लागिएको स्पोर्टस एडका अभिषेक केसीले जानकारी दिए।
केसीका अनुसार भ्रमणका लागि ४० लाख रुपैयाँ भन्दा बढी खर्च हुने अनुमान गरिएको छ।