राष्ट्रिय टोलीमा परेपछि अस्ट्रेलियाका दुई खेलाडीले ईण्डियन प्रिमियर लिगका अन्तिम खेलहरू नखेल्ने भएका छन्।
डेविड वार्नर र स्टीव स्मिथ यस महिनाको अन्तिममा मे २ बाट सुरू हुने राष्ट्रिय टोलीको अभ्यास सत्रमा भाग लिनेभएपछि यस्तो हुन लागेको हो।
स्मिथ जारी लिगमा राजस्थान रोयल्सका लागि खेलिरहेका छन् भने वार्नर सनराइजर्स हैदराबादका लागि।
‘आईसिसी विश्वकपका लागि चुनिएका १५ सदस्यीय टिमले मे २ देखि राष्ट्रिय क्रिकेट सेन्टर ब्रिसबेनमा अभ्यास गर्नेछ’, क्रिकेट अस्ट्रेलियाले भनेको छ।
वार्नरले हालसम्म आईपिएलमा ४०० रन बनाएका छन् भने स्मीथले १८६ रन बनाएका छन्।
राजस्थानले ३० अप्रिलमा रोयल चयालेन्जर्स बेङ्लोरसँग र ४ मेमा दिल्ली क्यापिटल्ससँग खेल्दैछ। त्यस्तै हैदरबादले २ मेमा मुम्बईसँग र ४ मेमामा बेङ्लोरसँग खेल्नेछ।
त्यस्तै तीब्रगतिका बलर जैसन बेहरेनडोर्फ र अलराउण्डर मार्कस स्टोइनिस पनि विश्वकपको टोलीमा परेका छन्। उनीहरूले यसै महिनाको अन्तिममा मुम्बई र बेङ्लोर छाड्नेछन्।
अस्ट्रेलियाले विश्वकपमा पहिलो म्याच जुन एकमा अफगानिस्तानसँग खेल्नेछ।