यस सिजनको आईपिएलमा चेन्नई सुपर किङ्सलाई हराउँदै मुम्बई ईण्डियन्सले चौथोपटक उपाधिमाथि कब्जा जमायो। अब धेरैको ध्यान आगामी ईङ्ल्याण्डमा हुने विश्वकप क्रिकेटमा हुनेछ।
यसैगरी यस वर्षको आईपिएलमा नयाँ तथा उपलब्धिहरू पनि भए जसलाई लामो समयसम्म याद गरिनेछ। यस आईपिएलमा केहि खेलाडी खुबै चम्किए भने केहि फिक्का सावित भए। योसँगै केहि नयाँ खेलाडीहरू पनि उदाए। उदाएका खेलाडीले आआफ्नो बेग्लै पहिचान छाडेका छन्। त्यस्तै ५ खेलाडीको सूचि निम्नानुसार रहेको छ।
राहुल चाहर- मुम्बईका यी खेलाडीले १३ म्याचमा १३ विकेट लिए। उनले चेन्नई विरूद्धको खेलमा आफ्नो प्रभाव ज्यादा देखाए। आफ्नो स्पीनले उनले चेन्नईलाई क्वालिफायरमा खुबै दबाब दिए। उनको प्रदर्शन म्याचपिच्छे राम्रो भयो। महान ब्याटसम्यान सचिन तेन्दुलकरसमेत उनको खेलबाट प्रभावित बने। सचिनले चाहरको खुलेरै तारिफ गरे।
रियान पराग- यस सिजनमा उनी राजस्थानका लागि एक अलरउण्डरका रूपमा रहे। उनले बलिङ र ब्याटिङ दुबैबाट टिमसँगै दर्शकहरूको ध्यान आकृष्ट गरे, १७ वर्षिया रियानले कोलकाताको विरूद्ध ४७ रनको उत्कृषट पारी खेलमा जसमा उनले हानेको हेलिकप्टर सटको विश्ष चर्चा रह्यो। उनी यस सिजनमा सबैभन्दा कम उमेर अर्धशतक हान्ने युवा खेलाडीसमेत बने।
नवदीप सैनी- आईपिएलमा उनको खासै केहि रेकर्ड त रहेन तर बलिङबाट उनले आफ्ना कप्तान विराट कोहली तथा विरोधी टोलीलाई राम्रैगरी प्रभावित गरे। उनी यस सिजनमा सबैभन्दा तीब्र गतिका बलर बने। उनको प्रदर्शनबाट प्रभावित भएर उनलाई आसन्न क्रिकेट विश्वकपको लागि भारतीय टोलीको नेट अभ्यासका लागि छनौट गरिएको छ। यस सिजनमा उनले ११ विकेट लिए। उनको इकोनोमी दर ८.२५ रह्यो।
श्रेयस गोपाल- राजस्थानका यी खेलाडी भारतीय घरेलु क्रिकेटमा चिनिएका नाम हुन्। आजसम्म उनले आऐपिएलमा खासै प्रभावशाली प्रदर्शन गर्ने सकेका थिएनन तर यस सिजनमा उनले ह्याट्रिक गरेर सबैलाई आश्चर्यमा पारिदिए। उनले कुल २० विकेट यस सिजनमा आफ्नो नाममा पारे।
अल्जारी जोसेफ- जोसेफ अन्तराष्ट्रिय क्रिकेटमा नयाँ नाम होइनन् तर पहिलो पटक आईपिएल खेलेका उनले मुम्बईका लागि हैदराबाद विरूद्ध उत्कृष्ट प्रदर्शन गरे। उनले केवल १२ रन दिदैं ६ विकेट लिए। यसका लागि उनी यस प्रतिष्पर्धाको 'वेस्ट फिगर'तर्फ कीर्तिमान बनाइ। उनी मुम्बईको टोलीमा एडम मिल्ने घाइतेभएपछि आएका थिए। उनले यो उपलब्धि आऐपिएलको डेब्यू म्याचमा नै हासिल गरेर सबैको मन जिते।