अस्ट्रेलियाका लेग स्पिन एडम जम्पाले अफगानिस्तानका स्पिनर राशिद खान जस्ता बलर कहिलेकाँहि जन्मिने भन्दै उनको बलिङको प्रशंसा गरेका छन्।
जम्पाले भारत र पाकिस्तानसँग खेलिएको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए। हाल उनी ईङ्ल्याण्डमा हुने विश्वकप क्रिकेटमा अस्ट्रेलियाको अन्तिम-११ मा अटाउने कोशिसमा जोडतोडले लागिरहेका छन्।
विश्वकपमा अस्ट्रेलियाले आफ्नो पहिलो खेल अफगानिस्तानसँग खेल्दै छ।
२७ वर्षिय यी खेलाडीले भारत विरूद्ध खेलिएको पछिल्लो पाँच एकदिवसीय सिरिजमा ११ विकेट लिएका थिए।
जम्पाले आफ्नो खेल सुधार्न बाँकी स्पिनरहरूको खेल हेर्ने गरेको बताए।
उनले बिबिएल म्याचको पहिलो अभ्यास सत्रमा राशिदसँग बलिङ् गरेर थुप्रै कुरा सिक्न पाएको खुलासा गरे।
‘मैले राशिदसँग स्टार्स र स्ट्राइकर्सको म्याचपछाडी बलिङ गरें। म सँधै उनीबाट प्रभावित हुँदै आएको छु र म सँधै यो खेलाडीसँग बलिङ गर्नेछु भनेर सोच्थे’, उनले भने।
यसैगरी उनी आफूले राशिदजस्तो बलिङ गर्न नसक्ने बताउँछन् ।
राशिदलाई आफूले उनीसँगै बलिङ गर्न चाहेको भनेर भनेको उनले बताए।
‘उनले मसँग ४५ मिनेट बलिङ गरे, म यसबाट खुशी छु। मैले यस्तो किन गरें भने म राशिद जस्तो बलिङ गर्न सक्दिन। उनी कहिलेकाँहि मात्र जन्मिने बलर हुन्’, राशिदको प्रशंसा गर्दै जम्पाले भने।
राशिद आइसिसी र्यांकिङमा हाल बलरतर्फ तेश्रो स्थानमा रहेका छन् भने अलराउण्ड बलिङ्मा दोश्रो नम्बरमा छन्।