ईङ्ल्याण्डका जेम्स एन्डरसन र स्टुवर्ट ब्रोडको जोडीलाई वर्तमान समयको सबैभन्दा खतरनाक बलर जोडीमध्येको एक मानिन्छ।
यी दुबैले इङ्ल्याण्डका लागि हालसम्म १ हजार भन्दा बढि टेस्ट विकेट लिइसकेका छन्। एन्डरसनले आफ्नो किताब ‘बल, स्लीप, रिपिट’मा ब्रोडको खुलेर प्रशंसा गरेका छन्।
‘हामी दुईले १ हजार भन्दा बढि विकेट लिएका छौं’, किताबमा उनले भनेका छन्, ‘बलरको रूपमा हामी दुईबीच कुनै प्रतिष्पर्धा छैन। हामी दुईको खूबी र खेल्ने तरिका बिल्कलै फरक छ। स्टुवर्ट बाउन्स र रफ्तारले काम गर्छन् भने म स्वीङमा धेरै ध्यान दिन्छु।’
त्यसैगरी सो किताबमा उनले पहिलो पटक सन् २००७ मा ड्रेसिङ रूममा श्रीलंका विरूद्धको खेलमा ब्रोडले डेब्यू गर्दा आफूले के सोचेको थिएँ भनेर पनि उल्लेख गरेका छन्।
‘ब्रोड पहिलोपटक ड्रेसिङ कोठामा आएका थिए। उनको धेरै खैरो कपाल, निलो आँखा र राम्रो शारिरिक संरचना थियो। मैले पहिलोपटक देख्ने बित्तिकै उनलाई हे भगवान कति सुन्दरी हो भनेको थिएँ’, किताबमा उनले खुलासा गरेका छन्।
यी दुई खेलाडीबिच एउटा समानता छ। यी दुबै खेलाडीलाई सुत्न खुबै मनपर्छ।
‘सबैजना अभ्यासका लागि चाँडो जान चाहन्छन् तर ब्रोड र म आधा घण्टा बढि सुत्न मन गर्छौं। हामी अन्तिममा पुग्ने कोशिस गर्छौं’, उनले भने।