इंग्ल्याण्डमा जारी एक दिवसीय क्रिकेट विश्वकपमा अहिले चीर प्रतिष्पर्धी भारत र पाकिस्तान भिडिरहेका छन्।
टस हारेर ब्याटिङ गरिररहेको भारतले ३१ ओभरको खेल हुँदा १७९ रन बनाएको छ। भारतीय ओपनर रोहित शर्माले सतक हानेका छन्।
उनले ८५ बलमा सतक हानेका हुन्।सतक हान्न रोहितले ९ चौका र ३ छक्का प्रहार गरे।
यसअघि अर्का ओपनर केएल राहुल ५७ रन हानेर आउट भएका छन्।