जिम्बावे र नेदरल्यान्ड्सबीचको २ खेलको टी-२० सिरिज १-१ को बराबरीमा सकिएको छ।
मंगलबार भएको दोस्रो खेलमा पहिले ब्याटिङ गरेको घरेलु नेदरल्यान्ड्सले ८ विकेटको क्षतिमा १५२ रन जोड्यो। जवाफी ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ९ विकेटको क्षतिमा १५२ रननै जोडेको थियो।
जिम्बावेलाई अन्तिम ओभरमा जितका लागि १३ रन चाहिएको थियो। ब्याटिङमा जिम्बावेका चिगुम्बारा थिए। उनले पहिलो र दोस्रो बलमा लगातार छक्का हाने।
तेस्रो बलमा रन लिन नसकेका उनी चौथो बलमा आउट भए। उनलाई नेदरल्यान्डका भान डेर मेर्वेले आउट गरे। पाँचौ बलमा मेर्वेले जिम्बावेका एमफोपुलाई आउट गरेका थिए भने अन्तिम बलमा चतारा रनआउटको सिकार हुँदा खेल समान स्कोरमा सकिएको थियो।
त्यसपछि एक ओभरको एलिमिनेटरमा जिम्वाबे विजयी भयो। पहिले ब्याटिङ गरेको जिम्बावेले १८ रन जोड्दा नेदरल्यान्ड्सले १ विकेटको क्षतिमा ९ रन जोड्यो।
यसअघि पहिलो टी-२० मा नेदरल्यान्ड्सले जिम्बावेलाई पराजित गरेको थियो।