कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ।
बुधबार बिहान घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपिएफले सो उपाधि जितेको हो। टस जितेर फिल्डिङ रोजेको एपिएफले निर्धारित २० ओभरको खेल ७१ रनमा समेटेको थियो।
७२ रनको विजय लक्ष्य पाएको एपिएफले १४ ओभरमा ४ विकेटको क्षतिमा ७४ रन बनाउन सफल भयो।
सेमिफाइनल खेल वर्षाका कारण अवरुद्ध भएको थियो। सुदूरपश्चिमले प्रदेश नं २ लाई समूह चरणको अंकको आधारमा पछि पारेको हो।
एपिएफ सेमिफाइनलमा प्रदेश नं १ लाई हराउँदै समूह ‘बी’ बाट अन्तिम चरणमा पुगेको थियो।
प्रतियोगितामा सात प्रदेश र विभागीय एपिएफ गरी ८ टोली सहभागी थिए। वर्षाका कारण ४ खेलमा असर परेको थियो।
उपाधि विजेता टोलीले रु चार लाख पुरस्कार पाउनेछ भने दोस्रो हुनेले रु तीन लाख र तेस्रो हुनेले रु दुई लाख पुरस्कार पाउने आयोजकले जनाएको छ।