बिहिबार विश्वकप क्रिकेटको दोश्रो तथा अन्तिम सेमिफाइनल खेलमा अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इङ्ल्याण्डले फाइनल प्रवेश गर्यो।
अस्ट्रेलियाले हिजोको खेलमा मात्र २२४ रनको लक्ष्य दिएको थियो जसलाई इङ्ल्याण्डले ३२.२ ओभरमा हासिल गर्यो। जितसँगै २७ वर्षपछि इङ्ल्याण्ड क्रिकेटको फाइनलमा पुग्यो।
हारपछि अस्ट्रेलियाका कप्तान आरोन फिन्चले आफ्नो टोलीले स्तरहीन खेल खेलको स्वीकारे।
'म्याचको सुरूमै हाम्रो ३ विकेट झर्यो। १० ओभरमा हामीले केबल २७ रनमात्र बनाउन सक्यौं। त्यसपछि हामी खेलमा फर्किन सकेनौ', फिन्चले भने, 'नयाँ बलमा तपाईंले सुरूमा सिमको आशा गर्नुहुन्छ तर इङ्ल्याण्डका बलरहरुले सटीक रेखा र लम्बाईमा बलिङ गरे। तर योसँगै यो विश्वकपले हाम्रा लागि कयौं सकारात्मक चिजहरू पनि लिएर आएको छ।'
'तपाई सँधै जित्न चाहनुहुन्छ तर कयौंपटक यस्तो हुँदैन। पछिल्ला ६ महिनामा हामीले थरीथरीका रंग देख्यौं तर यसले दुःख हुने गरेको छ। हामीले परिस्थितिलाई पूरा बदल्ने कोशिस गर्यौं, विकेटको विकल्प खोज्यौं तर आज यस्तो हुन सकेन किनकी ईङ्ल्याण्डले एकदमै शानदार खेल देखायो। उनीहरूले वास्तवमै राम्रो प्रदर्शन गरे। हामीलाई थाहा छ, जब उनीहरू बलिया हुन्छ, उनीहरू तगडा खेल्छन्', आरोनले पीडा पोख्दै भने।
त्यसैगरी फिन्चले योजना अनुसार खेल्न नसकेको बताउँदै भने, 'हामी यहाँ जित्ने लक्ष्यका साथ आएका थियौं तर त्यस्तो हुन सकेन।'