एसेज सिरिजअन्तर्गत दोस्रो टेस्टका दौरान चौथो दिन घाइते भएर पनि अस्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथले ब्याटिङ गरेका छन्। यद्यपी उनी ९२ रन बनाएर आउट भए।
घाइते भएका कारण उनी ८० रनमा रिटायर्ड हर्ट भएका थिए। अर्का खेलाडी सब्सिच्युट गर्न पाइने नयाँ नियमका बावजुद मैदान उत्रिएका थिए।
इंग्ल्यन्डका तीव्र गतिका बलर जोफ्रा आर्चरको बाउन्सर बल गर्दनमा लग्दा घाइते भएका थिए।
नराम्रोसँग गर्दनमा लागेपछि खेलेका स्मिथ लगत्तै मैदानमै ढलेका थिए। जसका कारण उनी रिटायर्ड हर्ट हुँदै मैदान बाहिर गएका थिए। बलले लाग्द उनी १५२ बलमा ८० रन बनाएर खेलिरहेका थिए।
स्मिथ एसेज सिरिजमा लगातार तेस्रो शतक नजिक पुगेका थिए। तर आर्चरको १४८ किलोमिटर प्रतिघन्टको तीव्र बलको रफ्तार उनले छाडेपनि बल गर्दनमा पुगेर ठोक्किएको थियो।
स्मिथलाई बलले लागेपछि केहि इंग्लिस खेलाडीले उनीसामुन्ने आएर सान्त्वना दिएका थिए।
रिचार्ड हुनुअघि पनि उनलाई बलले लागेको थियो। तर उनी लगातार मैदानमा डटिरहे।
रिटायर्ड हर्ट हुँदा पनि उनी एजेसमा लगातार सात इनिङमा ५०+ रन बनाउने पहिलो खेलाडि बने।
यता स्मिथलाई गर्थनमा बलले लागेपछि अस्ट्रेलियाका प्रशिक्षक जस्टिन लेङ्गरले अब हेलमेटसँगै नेक गार्ड पनि लगाउनु पर्ने प्रतिक्रिया दिएका छन्।
यसअघि सन् २०१४ मा अस्ट्रेलियाको घरेलु शेफिल्ड शिल्डको म्याचको दौरान बाउन्सर बल टाउकोमा लाग्दा फिलिप ह्युजको निधन भएको थियो।