टी–१० लिगमा नेपालका पूर्व कप्तान पारस खड्का सम्मिलित टिम अबुधावी विजयी भएको छ। अबुधावीले नर्दन वारियर्सलाई ६ विकेटले पराजित गरेको हो।
नर्दन वारियर्सले दिएको ९३ रनको झिनो लक्ष्य अबुधावीले ४ विकेटको क्षतिमा ९ बल बाँकी छदा पूरा गर्यो।
अबुधावीका लागि लुक राइटले ४८ रन र मोइन अलीले ३० रन जोडे।
पारसले भने एक बलको मात्र सामना गर्न पाए। टिमलाई जितका लागि २ रन चाहिएको स्थितिमा मैदान छिरेका पारसले सामना गरेको १ बलमा १ रन जोडे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वारियर्सले १० ओभरमा १ विकेटको क्षतिमा ९१ रन जोडेको थियो।
यसअघि पारसले शुक्रबार क्वालन्डर्सविरुद्धको खेलबाट टी–१० डेब्यू गरेका थिए।
सो खेलमा छैटौं नम्बरमा ब्याटिङको मौका पाएका पारसले नटआउट ३ रन जोडे। उनले ३ बलको मात्र सामना गर्न पाए। पहिलो बलमा २ रन लिएका पारसले त्यसपछि डट खेले। अन्तिम बलमा उनले १ रन लिए।
खेल बराबरी भएको थियो।