न्यूपोर्ट काउन्टीमाथि ४-१ को फराकिलो नतिजा निकाल्दै म्यानचेस्टर सिटी एफए कपको क्वाटर-फाइनल प्रवेश गरेको छ।
सिटीले काउन्टीलाई पाचौं चरण अन्तरगतको खेलमा उसको घरेली मैदानमा हराएको हो।
सिटीको सो जितमा लिरोय साने, फिल फोडिन तथा रियाद महरेजले गोल गरेका थिए जसमा फोडिनले दुई गोलको योगदान दिए।
पहिलो हाफ बराबरीमा सकिएको खेलमा पाँचै गोलहरू खेलको दोश्रो हाफ र अतिरिक्त समयमा भए।
सिटीले ५१ औं मिनेटमा गोल गर्दे अग्रता कायम गरेको थियो। उनलाई खेलको ७५ औं र ८९ औं मिनेटमा लगातार गोल गर्दै फोडोनले पछ्याए भने अतिरिक्त समयको चौथो मिनेटमा रियादले टिमका लागि चौथो गोल गरे।
न्यूपोर्टका लागि एकमात्र गोल खेलको ८८ औं मिनेटमा पोरेग एमोण्डले गरे। हारसँगै न्यूपोर्टले सन् १९९० यता एफए कपको क्वाटरफाइनलमा पुग्ने चौथो डिभिजनको पहिलो क्लब बन्ने मौका गुमाएको छ।