पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा सेन्ट–एन्टिएनलाई १–० ले हराएको छ ।
पिएसजीका लागि सो गोल एमबाप्पेले गरे। उनले खेलको ७३ औं मिनेटमा डानी अल्भेसको पासमा सो गोल गरेका हुन्।
पिएसजी चोटका कारण दुई स्टार खेलाडी नेइमार र एडिन्सन काभानी बिनै अवे मैदानमा उत्रेको थियो।
जारी सिजनमा एम्बाप्पेको १९ औं गोल हो। जितसँगै पिएसजीको २३ खेलबाट ६२ अंक जोडेर आफ्नो शीर्ष स्तान कायमै राखेको छ।