इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले चेल्सीलाई २-० ले हराएको छ।
चेल्सीविरूद्ध जित निकाल्ने क्रममा साडियो माने र मोहम्मद सलाहले गोल गरे। दुबै गोल खेलको दोश्रो हाफमा भएा हुन्।
खेलको ५१ औं मिनेटमा मानेले पहिलो गोल गरे भने दोश्रो गोल सलाहले ५३ औं मिनेटमा हाने।
जितसँगै लिगमा लिभरपुलले ३४ खेलबाट ८५ अंक जोडेको छ। उसलाई दोश्रो स्थानमा म्यानचेस्टर सिटीले ८३ अंकसहित पछ्याइरहेको छ। सिटी एक खेल कम खेलेको छ।
त्यस्तै ३४ खेलबाट ६४ अंक जोडेर चेल्सी चौथो स्थानमा रहेको छ भने तेश्रोमा ३३ खेल खेलेको टोटनहयाम छ। उसले ६७ अंक जोडेको छ।