कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिलले बोलेभियालाई ३-० ले पराजित गर्दै सुखद सुरूवात गरेको छ।
नेपाली समय अनुसार शनिबार बिहान ६: १५ बजेपछि भएको उद्घाटन खेलमा ब्राजिलले बोलिभियालाई ३–० ले पराजित गरेको हो।
पहिलो हाफ बराबरीमा सकिएको खेलमा ब्राजिलले खेलको ५० औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रात दिलाएका थिए। सो गोल फिलिप किन्टिन्होले गरेका हुन्।
त्यसको ३ मिनेट पछि नै उनले टोलीका लागि दोश्रो गोल गरेका थिए। त्यसपछि खेलको ८५ औं मिनेमा एभर्टन सोएरिसले ब्राजिलका लागि तेश्रो गोल गरेका थिए।
कोपा अमेरिकाको ४६ औं संस्करणको उपाधिका लागि १२ टोलीले प्रतिष्पर्धा गर्दैछन्। उनीहरूलाई ३ समूहमा बाँडिएको छ।
समूह ए मा आयोजक ब्राजिलसहित बोलिभिया, भेनेजुएला र पेरु रहेका छन् भने समूह बी मा अर्जेन्टिना, कोलम्बिया, पाराग्वे र कतार छण्। त्यस्तै समूह सी मा उरुग्वे, इक्वेडर, जापान र चिले छन् ।
यसपटकको प्रतिस्पर्धामा दक्षिण अमेरिकाका टिम मात्रै छैनन्। एसियाबाट आमन्त्रित टोलीका रूपमा जपान र कतारले पनि प्रतिष्पर्धा गरिरहेका छन्।
कोपा अमेरिका विश्वको पुरानो फुटबल प्रतियोगिता हो।