समूह चरण अन्तरगत नेपाली समय अनुसार मङगलबार बिहान सम्पन्न खेलमा चिलीलाई उरूग्वेले पराजित गरेको छ।
समूह 'सि" अन्तरगत भएको लिगको अन्तिम खेलमा चिली उरूग्वेसँग १-० गोलले पराजित भएको हो।
उरूग्वेको जितमा सो निर्णायक गोल एडिन्सन काभानीले खेलको ८२ औं मिनेटमा गरेका हुन्।
जितसँगै उरूग्वे क्वाटरफाइनलमा प्रवेश गरेको छ।
त्यसैगरी उरूग्वेसँग हारे पनि चिली पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ। चिली समूह उप-विजेता बन्दै अघिल्लो चरणमा प्रवेश गरेको हो।
यसै समूहको आजै नै सम्पन्न भएको अर्को खेलमा जापान र इक्वेडरले १-१ को बराबरी गरेका छन्।