स्पेनिस ला लिगा फुटबलको शनिबार राति भएको सिजनको आफ्नो पहिलो खेलमा रियल मड्रिड ३-१ ले विजयी भएको छ।
सेल्टा डी भिगोलाई पराजित गर्दै मड्रिडले नयाँ सिजनमा विजयी सुरूवात गरेको हो।
मड्रिडका लागि करिम बेन्जिमा, टोनी क्रुस तथा लुकास भाज्क्वेजले गोल गरेका थिए भने सेल्टाका लागि एकमात्र गोल लोसाडाले गरे ।
रियल मड्रिडले खेलको १२ औँ मिनेटमा पहिलो अग्रता दिएको थियो। उसका लागि सो बेन्जिमाले गरेका थिए।
पहिलो हाफमा १–० को अग्रता लिएको रियल मड्रिडले बाँकी दुई गोल क्रमशः खेलको ६१ तथा ८० औं मिनेटमा गरेको थियो। ती गोलहरू क्रमशः क्रुस र भाज्क्वेजले गरेका थिए।
सेल्टाले खेलको अतिरिक्त समयमा गोल फर्काएको थियो।