पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वान फुटबलको दोस्रो खेलमा पराजित भएको छ ।
पिएसजी आइतबार राति भएको दोश्रो खेलमा रेनेससँग २-१ गोल अन्तरले पराजित भएको हो ।
पराजित पिएसजीले खेलको ३६ औं मिनेटमा एडिन्सन काभानीको गोलबाट अग्रता लिएको थियो। पिएसजीको सो अग्रतालाई रेनेसले खेलको ४४ औं मिनेटमा बराबरी गर्यो। रेनेशले खेलको ४४ औँ मिनेटमा एमब्ये नियाङ्गको गोलमा बराबरी गरेको थियो ।
१-१ को बराबरीमा रहेको खेललाई त्यसपछि रेनेसले खेलको ४८ औं मिनेटमा २-१ को नतिजामा पुर्यायो। रेनेसका लागि सो गोल रोमेन डेल कास्टिलोले गरे।
त्यसपछि खेलमा थप गोल भएन र पिएसजी सिजनको दोश्रो खेलमा पराजित भयो।