मंगलबार राति च्याम्पियन्स लिग समूह चरण अन्तर्गत भएको आफ्नो पहिलो खेलमा ईङ्लिश क्लब चेल्सी पराजित भएको छ ।
उसलाई स्पेनिस क्लब भ्यालेन्सियाले १-० ले स्तब्ध पारेको हो। चेल्सीले दोश्रो हाफमा गोल खाएको हो।
भ्यालेन्सियाका लागि सो गोल खेलको ७४ औँ मिनेटमा राड्रिगोले गरेका हुन्।
यसैगरी खेलमा प्राप्त पेनाल्टीमा चुक्दा चेल्सीले खेलमा फर्किने अवसर खेर फालेको थियो।
पिकायो तामोरीका हेडर बल रोक्ने क्रममा ड्वानियल वासले ह्याण्ड गरेपछि रेफ्रीले भिएआर चेल्सीलाई पेनाल्टी दिएका थिए । तर, चेल्सीका लागि रोस बार्क्लीले प्रहार गरेको पेनाल्टीले पोस्टको दिशा लिन सकेन।