अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले सानदार जित हात पारेको छ।
आइतबार राति भएको खेलमा अर्जेन्टिनाले इक्वेइडरलाई ६–१ ले हराएको हो।
उसका लागि अलारियोले २०, पेरेडेजले ३२, पेजेल्लाले ६६, डोमिनग्युजले ८२ र ओकाम्पोसले ८६ मिनेटमा गोल गरे।
इक्वेइडरका इस्पिनजाले २७ मिनेटमा आफ्नै पोस्टमा गोल गर्दा अर्जेन्टिनाको अग्रता दोब्बर भएको थियो। यस्तै मेनाले ४९ मिनेटमा गरेको गोल सान्त्वनामै सीमित बन्यो।
अर्को मैत्रीपूर्ण खेलमा ब्राजिल र नाजेरियाले १–१ को बराबरी खेलेका छन्।
नाइजेरियाका अरिबोले ३५ मिनेटमा पहिलो गोल गर्दा ब्राजिलका कासेमिरोले ४८ मिनेटमा बराबरी गोल फर्काए।