विश्वकप छनौट अन्तरगतको दोश्रो चरणको खेलमा आज नेपाल र जोर्डन भिड्दैछन्।
यसअघि खेलिएको खेलमा नेपाल अष्ट्रेलियासँग ५-० को फराकिलो गोल अन्तरले पराजित भएको थियो। आज हुने जोर्डनसँगको खेल पनि नेपालका लागि कठिन नै हुनेछ।
सन् २०११ मा जोर्डनले घरेलु मैदानमा नेपाललाई ९-० को लज्जास्पद हार चखाएको थियो।
आज नेपाल त्यसैको बदला लिने लक्ष्यका साथ मैदानमा उत्रनेछ। विश्वकप छनौटको समूह 'बि'मा रहेको नेपालले आफ्नो पहिलो खेलमा कुवेतसँग ७-० ले पराजित भइसकेको छ।
उसले यस समूहमा सबैभन्दा कमजोर मानिएको चाइनिज ताईपेईलाई भने २-० ले पराजित गरेको थियो।
जोर्डन र नेपालबीचको खेल नेपाली समय अनुसार अम्मान अन्तराष्ट्रिय रंगशालामा ९:४५ मा हुनेछ।