सोमबार राती भएको खेलमा स्पेनले रोमानियामाथि ५-० को जित हात पारेको छ।
युरोकप-२०२० छनौट अन्तरगत भएको समूह 'इ'को खेलमा स्पेनलाई पहिलो अग्रता फाबियन रूइजले खेलको ८ औं मिनेटमा गोल गर्दै दिलाएका थिए।
त्यसपछि खेलको ३३ तथा ४३ औं मिनेटमा जेराड मोरार्डेले दुई गोल गरे।
खेलको ४५ औं मिनेटमा स्पेनले एउटा गोल उपहार पायो। रोमानियाका एड्रिएन रुसले आत्मघाती गोल गरेपछि उसले एक गोल उपहार पाएको हो।
यसैगरी स्पेनले पाँचौ गोल खेलको अतिरिक्त समयको पहिलो मिनेटमा गर्यो। सो गोल मिकेल ओयार्जाबालले गरेका थिए।