नासाका वैज्ञानिकहरूले चन्द्रमाबाट ल्याएको चट्टान नेपालमा प्रदर्शनीमा राखिने भएको छ। सुनसरीको अमाहिबेला गाविस सीतागञ्जस्थित एभरेष्ट साइन्स सेन्टरमा चट्टान एक महिना प्रदर्शनीमा राखिने तयारी गरेको आजको नयाँ पत्रिकामा खबर छ।
शान्ति बनको नामले समेत चिनिेने सो साइन्स सेन्टरले २० साउनदेखि चट्टान प्रदर्शनीमा राख्राख्ने प्रयास भएको छ। पहिलोपल्ट अन्तरिक्षमा पाइला टेक्ने अमेरीकी अन्तरिक्ष यात्री नील आर्मस्ट्रङको जन्म र र्स्मति दिवसकेा अवसर पारेर चट्टान नेपाल ल्याउन लागिएको हो।
तीन अर्ब ७५ करोड वर्ष पुरानो मानिएको चट्टान २० साउनदेखि एभरेष्ट साइन्स सेन्टरमा एक महिना प्रदर्शन गरिने, दैनिक २० देखि ३० हजारले चट्टानको अवलोकन गर्ने आयोजकले आशा लिएको छ।