विश्वबजारमा सुनको मूल्य घट्न थालेपछि सुन नै नबेच्ने र कम गुणस्तर तथा तौलमा सिवक्री गर्ने व्यवसायीलाई कारबाही गर्नबाट सरकार पछि हटेको छ। गरगहनामा ठगिएको भन्दै उजुरी बढेपनि सरकारी अनुगमन एकाएक सुस्ताएको हो।
एक महिनामा सरकारले काठमाडौंका १० वटा सुनचाँदी पसल अनुगमन गर्दा गल्ती भेटीएपनि कारबाही नगरेको आजको कारोबारमा खबर छापिएको छ।
सुनचाँदी व्यवसायीका संघसंस्थाले पसल बन्द गरेर अनुगमनको विरोधमा उत्रिएपछि सरकार पछि हटेको हो।