दश जना युवाको पहिलो प्रेम सार्वजनिक भएको छ । राजधानीको भृकुटीमण्डपमा जारी पुस्तक मेलामा शनिबार अजित बरालद्धारा सम्पादीत फस्ट लभ विमोचन भएको हो ।
सम्पादक बरालका साथै ऋचा भट्टराई, सुविन भट्टराई, कुमार नगरकोटी, बिमल आरोही, सिवानी सिंह थारु, शोभा शर्मा, रामबहादुर तामाङ, लेनिन बञ्जाडेको र कमल नेपालीको पहिलो प्रेम अनुभव समेटिएर तयार पारिएको पुस्तकलाई युवा कलाकारहरु हेमन्त राना, धर्मेन्द्र इन्दिरा जोशी, सुवानी मोक्तान र धर्मेन्द्र सेवानले संयुक्त रुपमा बिमोचन गरेका हुन् ।
पुस्तक विमोचन कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमहरु पनि प्रश्तुत गरिएको थियो ।
पुस्तकलाई फाइन प्रिन्टले बजारमा ल्याएको हो ।