सरकारले बर्मुडामा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन तीनको विजेता नेपाली क्रिकेट टोलीका सबै सदस्यलाई नगद पुरस्कारबाट सम्मान गर्ने भएको छ । विहीवार बसेको मन्त्रीपरिषद बैठकले विजेता टिमका हरेक खेलाडिलाई जनही ३ लाख ५० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको हो । यस्तै विहिबारै नेपाली कांग्रेसले पनि एकमुष्ठ २ लाख सहित सम्मान पत्र दिएर नेपाली खेलाडीलाई सम्मान गरेको थियो ।