गैरदलितकी श्रीमतीसँग प्रेम गरेको आरोपमा अछाममा एक युवकलाईदेश निकाला गरिएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।
भैरवस्थान २ का १७ वर्षिय महेन्द्र विकलाई स्थानीय गैर दलीत समूहले यातना दिएर १० वर्षसम्म देश फर्कन नपाउने उर्दी सुनाएर देश निकाला गरेका हुन् ।
सुर्खेतको एक गैरसरकारी संस्थामा महेन्द्रका बाबुले उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । साही गाविसकी २२ वर्षीय विवाहित महिला पद्याकुमारी विसी सँग प्रेम सम्बन्ध राखेको आरोपमा स्थानियले निर्घात कुटपिट गरि देशनिकाला गरेका हुन् । महेन्द्रको अहिले भारतको पञ्जाबमा उपचार भइरहेको छ ।
प्रहरीले मेकत महेन्द्र नै दोषी भएको ठहर गर्दै १५ हजार जरिवाना गरि तारेखमा छाडेको थियो । त्यपछि कथित उच्च जातिका गाँउलेको समूहले सामूहिक याताना दिँदै गैर ललितसँग प्रेम गरेको भन्ने स्वीकार गर्न लगाई चैत १४ गते देश निकाला गरेको उनका बाबु विसे तिरुवाले बताए ।