पूर्वसभासद सदरुल मियाँहकको हत्यापछि आक्रोशित आफन्त र स्थानीयबासीले बुधबारपनि महेन्द्र राजमार्गको सप्तरी खण्ड अवरुद्ध पारेका छन्।
हत्याराको खोजी गरी तु्रुन्त कारबाही गर्नुपर्ने माग गर्दै आक्रोशित आफन्तजन र स्थानीयले कल्याणपुर क्षेत्रको महेन्द्र राजमार्गमा सयौं रुख ढालेर अवरुद्ध गरेका छन्।
मियाँको हत्यापछि सडक अवरोधका कारण आफ्नो गन्तव्य तर्फ लागेका सवारी साधानहरु बिच बाटोमै अलपत्र परेका छन् ।
प्रहरी प्रशासनको आग्रहपछि गएराति साढे ११ बजे शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउन भने परिवारजनले सहमति दिएका थिए। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पुरा गरेर शव घट्नास्थलमै ल्याएर राख्नुपर्ने परिवारजनको शर्त छ। सोमबार राति कल्याणपुरस्थित मियाँको धारिलो हतियार प्रहार गरी हत्या भएको हो। हत्याराको पहिचान खुल्न सकेको छैन ।